जापानको लडाकु विमान दुर्घटना

टोकियो, चैत २७ । जापानको एक लडाकु विमान दुर्घटना भएर समुद्रमा खसेको छ ।

राडारसँग सम्पर्क टुटेको एक दिनपछि एफ–३५ लडाकु विमानको भग्नावशेष प्रशान्त महासागरमा भेटिएको छ । पाइलट भने अझै हराइरहेका छन् । उनको खोजी भइरहेको जापानी सेनाले जनाएको छ ।

सञ्चालनमा आएको एक वर्ष पनि नहुँदै विमान दुर्घटनामा कसरी पर्‍यो भन्नेबारे थाहा हुन सकेको छैन । उत्तरपूर्वी मिसावा एअरबेसबाट उडेको ३० मिनेटमै विमानसँगको सम्पर्क टुटेको थियो । (एजेन्सी)

You might also like