निगमले कर्मचारी बोनस भन्दै ऐन विपरित छुट्याएको थियो ३ अर्ब १३ करोड, अब बाँड्न नपाउने

काठमाडौं । आयल निगमले कर्मचारीलाई बोनसका लागि विनियोजन गरेको तीन अर्ब १३ करोड रुपैयाँ बाँड्न नपाउने भएको छ। निगमले बोनस ऐनविपरीत रकम छुट्याएकाले रकम वितरण गर्न नमिल्ने सरकारले जनाएको हो।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार निगमले बोनस खातामा छुट्याएको रकम बोनस ऐन, २०३० विपरित हो। उक्त रकम निगमको आयमा जम्मा गर्न महालेखाले निर्देशन दिएको छ। निगमले बोनसका लागि भन्दै आर्थिक वर्ष ०७४र०७५ सम्म तीन अर्ब १८ करोड २३ लाख १३ हजार रुपैयाँ जम्मा गरेको छ।

निगमले चालु आवमा कर्मचारीका लागि बोनस भन्दै पौने पाँच करोड रुपैयाँभन्दा वढी छुट्याएको छ। निगमले चालु आवमा गरेको खुद नाफाको एक प्रतिशतले हुन आउने चार करोड ७९ लाख ६३ हजार आठ सय ४५ रुपैयाँ बोनसका लागि निनियोजन गरेको हो।यो समाचार आजको नागरिक दैनिकमा छ ।

You might also like