भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थमा जहाज हाेल्ड

बैशाख १३, काठमाडौं : भिजिविलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान अवतरणमा समस्या देखिएको छ।

अन्तराष्ट्रिय विमान अवतरणको लागि तीन हजार मिटर भिजिवीलीटी आवश्‍यक पर्ने भएपनि मौसम विभागकाअनुसार अहिले दुई हजार मिटरमात्रै भिजिवीलीटी रहेको छ।

जहाज अवतरण गर्न नसक्दा अहिले त्रिभुवन विमानस्थलको माथिको आकाशमा जहाजले फन्को मारिरहेका छन्। ‘भिजिवीलीट कम देखिएकोले आकाशमा विमान होल्ड देखिएको छ’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने। मौसम विभागका अनुसार भिजिवीलीटी बढ्दै गरेको कारणले गर्दा केही समयमा अवतरणमा सहज हुने छ।

You might also like