पिठ्युँमा छोरा बोकेर गाई चराउन गएकी महिला भीरबाट लडेपछि आमा छोराको मृत्यु

जुम्ला-भीरबाट लडेर आमा र छोराको ज्यान गएको छ । तातोपानी गाउँपालिका –७ ताम्ति गाउँका ३२ वर्षीया लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष राउतको भीरबाट लडेर ज्यान गएको हो ।

वनमा गाई चराउन गएको बेला भीरबाट लडेर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार, भीरबाट लड्दा आमा र छोराको घटनास्थलमा नै ज्यान गएको हो ।पिठ्युँमा छोरा बोकेर गाई चराउन गएकी आमा लडेपछि छोराको पनि ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

You might also like