पाल्पामा आठ वटा खुट्टा भएको अनौठो बाख्रा जन्मिएपछि हेर्नेहरुको भिड !

काठमाडौँ – आइतबार पाल्पामा आठ खुट्टा भएको अनौठो बाख्रा जन्मिएको छ।

पाल्पाको रामपुर नगरपालिका–ं ६ तालपोखरा बस्ने कृषक गोविन्दबहादुर घर्ती र हरिमाया घर्तीको घरमा पालिएको बाख्राले आठ वटा खुट्टा भएको बाख्रा जन्माएको हो।

घर्ती परिवारको घरमा एक वटा टाउको, आठ वटा खुट्टा, छातीबाट तल दुई भाग फाँटेर छुट्टीएको, चार वटा कान भएको, पाठापाठी नचिनिने खालको अनौठो बाख्रा जन्मिएको हो।

आईतवार बिहान करिव ९ बजेतिर जन्मिएको र त्यसको डेढ घण्टामा बाख्रा मरेको बताइएको छ। अनौठो बाख्रासँगै जन्मिएका दुई वटा बाख्रा भने राम्रै जन्मिएको घर्तीले बताएका छन्।

अनौठो बाख्रा जन्मिएपछि हेर्नेहरुको भिड लागेको घर्ती बताउँछन्। १० वर्ष भन्दा अगाडी देखि बाख्रा पालन गर्दै आएका घर्तीका अनुसार यस्तो अनौठो बाख्रा अहिले सम्म जन्मिएको थिएन।

 

You might also like