मिठाई किन्न गएकी ६ वर्षीय बालिकालाई साहुले पसलभित्र लगेर बलात्कार गरेपछि …

काठमाडौँ : पसलमा सामना खरिद गर्न गएकी एक बालिकामाथि बलात्कार भएको खुलसा भएको छ ।

झापाको विर्तामोड स्थित किराँत चोकमा रहेको एक मिठाई पसलमा मिठाई किन्न गएकी ६ वर्षीय बालिकालाई ४० वर्षीय युवक (पसले)ले बलात्कार गरेको खुल्न आएको हो ।

गत वैशाख २ गते मिठाई किन्न गएकी उनलाई पसल भित्र लागि युवकले बलात्कार गरेको खुल्न आएपछि पिडित परिवारले दोषीको खोजि गर्दा कसुर नस्विकारेको भएपनि बालिकालाई अस्पताल लैजान तयार भएपछि अभियुक्त पुष्टि भएको थियो ।

बालिकाको संवेधनशील अंगबाट रगत बगिरहेको देखेपछि सोधपुछ गर्ने क्रममा मिठाई पसलमै सो घटना भएको खुलेको हो । अभियुक्तकी श्रीमतीले आफूहरु क्रिष्चियन धर्मावलम्वी भएकाले सो घटनामा आफ्ना श्रीमानको संलग्नता हुनै नसक्ने बताएकी थिईन ।

लामो समय सम्म पिडित परिवारले घटना बाहिर नाल्याए पनि बालिका बिरामी पर्दै गएपछि सार्वजनिक गरेका हुन् । अन्त्यमा घटना स्वीकार गरेका ती युवकले पैसाको प्रलोभन देखाई धम्की दिने गरेपछि प्रहरीमा दिईएको जाहेरीका आधारमा अनुसन्धान अगाडी बढेको छ ।

प्रहरीले पिडित बालिका सहित अभियुक्तको नाम गोप्य राखेको छ ।

You might also like