पाथिभरा मन्दिर जादै हुनुहुन्छ यसरी गर्नुहोस पुजा

पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन् । त्यसैले पाथीभरा धाममा त्यसरी नै जानुपर्ने हुन्छ ।
धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्छ । तर पाथीभरा धाममा गर्भवति (Pregnant), नछुने (पर सरेकी Monthly Course) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरुको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ भन्ने जनधारणा रहिआएको छ ।
पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँछन् ।
पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रुपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि पनि (एक किसिमको अनिवार्य रुपमा) चढाउने गर्दछन् ।

You might also like