झापामा तीन वटा एनसेल टावरमा आगजनी , बनेपा बजारमा बम विस्फोट

देशका बिभिन्न ठाउमा अज्ञात समुहले आगजनी गरेका छन । झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आ’गजनी गरेको छ। जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आ’गजनी गरिएको हो।

त्यस्तै काभ्रेको बनेपा बजारमा बम वि’स्फोट भएको छ । अहिले मध्यराति बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बि’स्फोट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोटको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले भने, बि’स्फोट भएको जानकारी हामीले पाएका छौं। घटनास्थलमा प्रहरी पठाइएको छ। क्षतिको कुनै विवरण भने आएको छैन,।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले बुधबार बागमती सहितका क्षेत्रमा बन्दको आह्वान गरेको छ। उसैले बि’स्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्दपि विस्फोटको जिम्मा भने कसैले लिएको छैन।

त्यस्तै विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरको दुई स्थानमा दुईवटा गाडीमा आगजनी गरिएको छ । गएराती मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार जलाएका छन् ।

यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताएका छन । मानविय क्षति भने नभएको बताइएको छ ।
उता मेलम्ची नगरपालिका-१० को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।

मंगलबार राति अज्ञात समूहले आगजनी गर्दा वडा कार्यालय क्षतिग्रस्त भएको छ। ढोकाको ताल्चा काटेर वडा कार्यालयभित्र रहेका कागजातहरु जम्मा गरी आगजनी गरिएको वडाध्यक्ष भक्तबहादुर कार्कीले बताए।

You might also like