आगलागीमा परेर ४ वटा घर जलेर नष्ट

रौतहटको गडीमाइ नगरपालिकामा बिहीबार दिउँसो आगलागी हुदा ४ वटा घर जलेर नष्ट भएका छन्। गडीमाइ नगरपालिका २ सुन्दरपुरमा आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएको हो। उक्त आगलागीमा परि एक जना बालक समान्य घाइते भएका छन।
सो गाउका नागेन्द्र राय यादव र जंगीलाल राय यादवको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायव निरीक्षक अरविन्द साहले जानकारी दिए।
आगलागीबाट नागेन्द्र राय यादवका ४ वर्षीय नाती प्रदीप राय सामान्य घाइते भएको उनले बताए। अप्रत्यासित रूपमा लागेको आगलागीबाट ७ लाख मूल्य बराबरको क्षति भएको प्रहरी नायव निरिक्षक साहले बताएका छन्। आगो पूर्ण रूप नियन्त्रणमा आएको उनले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

You might also like