तान्जानियामा ट्यांकर विस्फोट हुँदा ६० जनाको ज्यान गयो

तान्जानिया : तान्जानियामा तेल बाेकेकाे ट्यांकर विस्फोट हुँदा कम्तिमा ६० जनाको ज्यान गएको छ । अरु ७० जना घाइते छन् ।

शनिबार राजधानी दार ए सलामनजिकै मोरोगोरो सहरमा विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । यस्तो घटनाको भिडियो समेत सामाजिक संजालमा सार्वजनिक भएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिँदै छ । घटनाबारे पूर्ण विवरण आइनसकेकाे बताइएकाे छ ।

You might also like