चिनमा शिक्षित बेरोजगारी बढदै, सरकार चिन्तित

एजेन्सी । राजधानी बेइजिङको उत्तरतर्फ रहेको एक्जिबिसन हलमा युवाहरुको ठूलो भीड छ । उनीहरु सबै सरकारले आयोजना गरेको एउटा रोजगार सम्बन्धी कार्यक्रममा सहभागी हुन आएका हुन् जुन स्नातक उत्तीर्णहरुका लागि लक्षित थियो । यसरी सर्यौँ शिक्षित युवाहरु जसरी सु जिआन पनि त्यहाँ पुगे तर उनी कार्यक्रमसँग सन्तुष्ट थिएनन् ।

कार्यक्रममा रेलवे विभागका लागि रोजगार प्रदान गर्ने भनिएको फर्मको स्टल अगाडि सबैभन्दा धेरै भीड थियो । कम्पनीका रोजगारदाताले बताएअनुसार उनीहरुले भर्खरै स्नातक उत्तीर्ण गरेकाहरुलाई ४ हजार युआन अर्थात ५८० डलर प्रतिमहिनासम्म पारिश्रमिक दिनेछन् । तर सो रकम बेइजिङको औसत तलबको आधा भन्दा कम हो भने सहरको न्युनतम पारिश्रमिकको दुई गुणा पनि छैन ।

चिनियाँ विश्वविद्यालयले यसवर्ष मात्र स्नातक उत्तीर्ण ८३ लाख विद्यार्थीहरु उत्पादन गरि नयाँ रेकर्ड बनाएका छन् । त्यो सङ्ख्या हङकङको सम्पूर्ण जनसङ्ख्या भन्दा धेरै हो । यस्तोमा चिनियाँहरुका लागि पश्चिमको भिसा नीति कडा हुँदै जानुले विदेशमा पढाइ पूरा गरेका थप ५ लाख भन्दा बढी स्नातक उत्तीर्ण विद्यार्थीहरु पनि यही वर्ष स्वदेश फर्किने सम्भावना अधिक छ ।

जसकारण पनि सरकारले रोजगारी सम्बन्धी अझ धेरै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । त्यसैले पनि यो समय रोजगार बजारमा प्रवेश गर्न उचित नभएको बताइएको छ । किनकि यता चीनको अर्थतन्त्र पनि अमेरिकासँगको व्यापार युद्धका कारण कठिन अवस्थाबाट गुज्रिरहेको छ । यसले चीनको आर्थिक वृद्धिको गति पछिल्लो तीसवर्षकै सुस्त बनाइदिएको छ । यस्तोमा यो वर्ष श्रमिकका रुपमा काम गर्ने दुई तिहाइ कामदार स्नातक उत्तीर्ण हुने बताइएको छ ।

१९९० को दशकमा सबै स्नातक उत्तीर्णहरुले सरकारले निर्धारित गरेको काम नै गर्नुपथ्र्यो । तर अहिले सबै आफ्नो रोजाइको काम छनोट गर्न स्वतन्त्र छन् । यसबीच सरकारलाई उनीहरुले काम पाएनन् भने के हुन्छ भन्नेबारे गम्भीर चिन्ता रहेको छ ।

गत जुलाइमा मात्र पाँचवटा प्रदेशका एजेन्सीहरुले स्थानीय सरकारलाई रोजगार सम्बन्धी समस्या बारे चेतावनी दिएको थियो । उनीहरुले स्नातक उत्तीर्ण गरिसकेकाहरुको रोजगारी कूल सामाजिक स्थिरतासँग सम्बन्धित रहेको उल्लेख गर्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरेका हुन् । यस किसिमका चेतावनी सन् २०११ देखि नै वार्षिक दिईँदै आएको छ तर योपटक भने सामाजिक सुरक्षा मन्त्रालयले समेत सो नोटिसमा आफ्नो नाम जोडेको छ ।

गत महिना मात्र सरकारले काममा धेरै भन्दा धेरै स्नातक उत्तीर्ण विद्यार्थीहरुलाई भित्र्याउन लक्षित गर्दै विभिन्न उपाय घोषणा गरेको थियो । जस्तै बेरोजगार ‘ग्राजुएट’ हरुलाई काम दिने साना फर्महरुलाई करछुट गर्न सकिने र नयाँ ग्राजुएटलाई सामाजिक सेवा प्रदान गर्नमा राष्ट्रिय प्रणाली बढी उदार रहने पनि बताएको हो ।

यो नयाँ नियम पालन गर्ने निर्देशन सबै प्रदेशका राजधानीलाई दिइएको छ तर बेइजिङ, सांघाइ लगायतका ठुला शहरलाई भने यो अनिवार्य छैन । यसले उत्तीर्णहरुलाई स्थानीय तहमा निवेदन बुझाउन प्रोत्साहन गर्नेछ र श्रम गतिशीलता पनि वृद्धि हुने सरकारको अपेक्षा छ । त्यस्तै आफ्नै व्यवसाय गर्न चाहने ग्राजुएटहरुलाई चाहिँ सहज रुपमा ऋण उपलब्ध गराइने यसअघि मानव संसाधन मन्त्रालयले जानकारी दिएको थियो । यसरी अहिले उत्तीर्णहरुका लागि जागिर प्रदान गर्ने प्रयासलाई अत्यन्तै प्राथमिकता दिइएको स्थानीय सरकारहरुले समेत घोषणा गरिरहेका छन् ।

तर उनीहरुले जागिर पाएमा पनि पारिश्रमिक दरमा ठूलो गिरावट आएको बताइएको छ । विशेषगरी निर्यात उद्योगमा अमेरिकासँगको व्यापार युद्धका कारण नयाँ कामदारको नियुिक्त अवरुद्ध भइरहेको बताइएको छ ।

त्यस्तै विश्वव्यापी रुपमा चिनियाँ प्रविधि माथिको अविस्वसनीयताले पनि व्यवसाय विस्तारका योजना सीमित गराइरहेको पाइएको छ जसले रोजगारीमा प्रत्यक्ष असर पार्नेछ । यता सरकारी कामदार नियुक्तको सङ्ख्या पनि यो वर्ष पछिल्लो दशककै कम रहेको बताइएको छ ।
पेकिङ युनिभर्सिटीबाट उत्तीर्ण गरेकी एक विद्यार्थीले गत वर्ष मात्र आफ्नो जागिर गुमाएकी थिइन् ।

यस्तोमा चीनको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयबाट उत्तीर्ण गरेको हुँदा उनी चाँडै नै नयाँ जागिर प्राप्त गर्नेमा विश्वस्त छिन् तर कम प्रचलित विश्वविद्यालयका विद्यार्थीहरुले अवसर पाउने सम्भावना एकदमै कम हुन्छ । यसरी सन् २००० सालदेखि विश्वविद्यालयको सङ्ख्या १ हजारबाट अहिले २७,०० पुगिसकेकाले पनि रोजगारदाता नयाँ युनिभर्सिटीसँग परिचित हुँदैनन् जसले काम पाउने सम्भावना न्युन गराइदिन्छ ।

त्यसैगरी ठूलो सहरहरुमा धेरै पारिश्रमिक भएपनि त्यहाँको जीवनशैली अत्यन्तै महङ्गो पर्न जाने हुँदा धेरै अहिले आफ्नै मूल ठाउँ फर्किरहेका छन् । यसैगरी धेरै ग्राजुएटहरुको अव्यवहारिक अपेक्षा हुने गरेकाले पनि उनीहरु बेरोजगार रहने गरेका छन् ।

You might also like