क्रिकेट विश्वकप २०२३ को छनोट औपचारिक रुपमा सुरु हुदै

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले क्रिकेट विश्वकप २०१९ सकिएको एक महिनापछि क्रिकेट विश्वकप २०२३ को छनोट औपचारिक रुपमा सुरु गर्दैछ।

चार वर्षपछि भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबारदेखि स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमानबीचको त्रिकोणीय सिरिज सुरु हुन लागेको हो। सिरिज स्कटल्यान्डमा हुनेछ।

सिरिजमा तीन वटै टिमले एक आपसमा २ पटक खेल्नेछन्। जित हात पार्ने टिमलाई लिग-२ मा २ अंक दिइनेछ।

लिग-२ मा नेपालसहित ७ देशबीच त्रिकोणीय सिरिज हुनेछ।

७ वटा एकदिवसीय टिमबीच २१ वटा त्रिकोणीय सिरिज सार्वजनिक हुने आइसिसीले यसअघि नै गरेको थियो।

लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

एक सिरिजमा ६ एकदिवसीय खेल हुनेछन् भने एक टिमले चार खेल खेल्नेछ। प्रत्येक टिमले साढे २ वर्षको बीचमा ३६ वटा खेल खेल्नेछन्।

नेपालले पहिलो सिरिज घरेलु मैदानमा खेल्नेछ। कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिजमा नेपाल, अमेरिका र ‌ओमानबीच खेल हुनेछ। सो सिजि आगामी फेब्रुअरीमा हुनेछ।

नेपालले खेल्ने त्रिकोणीय सिरिजको तालिका

पहिलो सिरिज
नेपाल, अमेरिका र ओमान
२०२० फेब्रुअरी ५ देखि १२ सम्म – कीर्तिपुर मैदान

दोस्रो सिरिज
नेपाल,नामिबिया स्कटल्यान्ड

२०२० अप्रिल २० देखि २७ सम्म – नामिबिया

तेस्रो सिरिज
पिएनजी, युएई, नेपाल
२०२० जुन ९ देखि १६ सम्म – पिएनजी

चौथो सिरिज
स्कटल्यान्ड, नेपाल र नामिबिया
जुन २०२० – भेन्यू तय हुन बाँकी

पाँचौ सिरिज
नेपाल, अमेरिका र ओमान
जनावरी २०२१ – भेन्यू तय हुन बाँकी

छैटौं सिरिज
नेपाल, युएई र पिएनजी
फेब्रुअरी २०२१ – भेन्यू तय हुन बाँकि

सातौं सिरिज
अमेरिका, नेपाल र ओमान
अगस्ट २०२१ – भेन्यू तय हुन बाँकी

आठौं सिरिज
नेपाल, नामिबिया र स्कटल्यान्ड
नोभेम्बर २०२१ – भेन्यू तय हुन बाँकी

नवौं सिरिज
युएई, पिएनजी र नेपाल
जनावरी २०२२ – भेन्यू तय हुन बाँकी

यसरी हुनेछ विश्वकप छनोट
लिग–२ होम एन्ड अवेका आधारमा हुनेछ। प्रत्येक टिमले २ वर्षको बीचमा ३६ खेल्नेछन्। लिग–२ का उत्कृष्ट ३ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।

विश्वकप क्रिकेट लिगको सबै डिभिजन हटाएको आइसिसीले १२ राष्ट्रको लागि आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग आयोजना गर्नेछ। २ समूहमा हुने प्रतियोगितामा बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा र भानुआटुबीच प्रतिस्पर्धा हुनेछ। दुई वर्ष चल्ने यो लिगबाट २ टिम विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा पुग्नेछन्।

२०२२ मा हुने प्लेअफमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। प्लेअफबाट २ टिम विश्वकप छनोट प्रतियोगितामा पुग्नेछन्।

विश्वकप छनोटमा प्लेअफका २ टिम, लिग–२ को ३ टिम र आइसिसी क्रिकेट विश्वकप सुपर लिगका पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।

त्यसअघि आइसिसी क्रिकेट विश्वकप सुपर लिगमा सन् २०२२ मै १३ टिम प्रतिस्पर्धा हुनेछ। सुपर लिगमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट ८ टिम सिधैं विश्वकपमा पुग्नेछन्। ५ टिमले छनोट खेल्नेछन्।

छनोटमा १० टिमबीच भिडन्त हुनेछ। जहाँबाट २ टिम विश्वकपमा पुग्नेछन्। यसरी ४ वर्षको छनोट खेलेका १० टिमले भारतमा २०२३ मा आयोजना हुने विश्वकपमा भिड्नेछन्।

आइसिसी क्रिकेट विश्वकप सुपर लिग (२०२०–२०२२)
१३ टिम– १५६ खेल – प्रत्येक टिमको २४ खेल
टिमहरु – अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेस्ट इन्डिज, जिम्बावे
उत्कृष्ट ८ टिम – विश्वकप २०२३ का लागि छनोट
पुछारका ६ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा खेल्नु पर्ने

आइसिसी क्रिकेट विश्वकप लिग –२ (जुलाई २०१९– २०२१)
७ टिम– १ सय २६ खेल– ३६ खेल प्रति टिम
टिमहरु – स्टकल्यान्ड, नामिबिया, नेपाल, ओमान, पपुवा न्युगिनी, युएई र अमेरिका
उत्कृष्ट ३ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा
पुछारका ४ टिम– आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफमा

आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ए (२०१९–२०२१)
आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग बी (२०१९–२०२१)
दुवै समूहमा ६–६ टिम
९० खेल – प्रत्येक टिमको १५ खेल
टिमहरु – बर्मुडा, क्यानडा, डेनमार्क, हङकङ, इटाली, जर्सी, केन्या, मलेसिया, कतार, सिंगापुर, युगान्डा, भानुआटु
समूह ए र बी विजेता गरी २ टिम – आइसिसी क्रिकेट विश्वकप प्लेअफमा

आइसिसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२२
६ टिम
आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिगका २ टिम
आइसिसी क्रिकेट विश्वकप लिग –२ का पुछारका ४ टिम
२ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता लागि छनोट

आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता २०२२
१० टिमबीच प्रतिस्पर्धा
२ टिम आइसिसी विश्वकप २०२३ का लागि छनोट

विश्वकप २०२३

१० टिम

आइसिसी क्रिकेट विश्वकप सुपर लिग (२०२०–२०२२) – ८ टिम

आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता २०२२ – २ टिम

You might also like