सुनको मूल्य प्रतितोला ७३ हजार पाँच सय रुपैयाँ

काठमाडौं । सुनको मूल्य पुनः बढेको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँ पुगेको छ । तेजावी सुन भने प्रतितोला ७३ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

हिजो (मंगलबार) प्रतितोला ७२ हजार पाँच सय रुपैयाँ रहेको सुन आज तोलामा एक हजार बढेको हो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँ पुगेको छ । हिजो (मंगलबार) चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँ रहेको थियो ।

ad ad
व्यवसायीहरुका अनुसार सुनको मूल्य वृद्धि भएसँगै यो वर्ष तीजमा सुनको कारोबार एकदमै न्यून रह्यो । गत वर्षको तुलनामा यो वर्ष तीजमा ७५ प्रतिशत सुनको व्यापार कम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

You might also like