चिनियाँ पेस्तोल र एक किलो नक्कली सुनसहित नौजना पक्राउ

काठमाडौं । काठमाडौंको माछापोखरीबाट दुई थान चिनियाँ पेस्तोल र एक किलो नक्कली सुनसहित नौजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्स बारबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर गाउँपालिका–१ का २९ वर्षीय राम बहादुर तामाङ, नुवाकोटकै विदुर नगरपालिका–७ का २७ वर्षीय पिटर तामाङ, गोरखा अजिरकोट गाउँपालिका–४ का ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट विदुर नगरपालिका–१० कै २५ वर्षीय धर्मराज तामाङ रहेको प्रहरी स्रोतले बतायो ।

adadad
यस्तै धादिङ खनियाबास गाउँपालिका–५ का २६ वर्षीय विजय तामाङ, रसुवा छोदिम्बु गाउँपालिका–४ का ३० वर्षीय योर्साङ लामा, गुल्मी ईस्मा गाँउपालिका–५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका–६ का ३६ वर्षीय छिरिङ तामाङ र नुवाकोट तारकेश्वर गाउँपालिका–१ का २८ वर्षीय राजन तामाङ छन् ।

उनीहरुको साथबाट दुई थान सानो चाइनिज पेस्तोल, ४ राउण्ड गोली र एक किलो नक्कली सुन बरामद भएको बताइएको छ । परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गरेर आजै उनीहरुलाई सार्वजनिक गरिने बताए । सुवेदीले भने, ‘‘अनुसन्धानकै क्रममा छौं । पत्रकार सम्मलेनमा सबै कुरा सार्वजनिक गर्छौं ।’’

You might also like