मन्त्रीपरिषदको बैठक बस्दै,केही महत्वपूर्ण निर्णय गर्न सक्ने

काठमाडौँ –आइतबार मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मध्याहन्न साढे १२ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाएको उनको निजी सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

प्रधानमन्त्री ओली गएको शुक्रबार स्वदेश फर्किएका हुन् । उपचारका लागि उनी सिंगापुर रहेका बेला पनि मन्त्रीपरिषद सदस्यसँग भिडियो लिंकमार्फत दुई पटक छलफल गरेका थिए ।

ओली उपचार गराएर फर्किएपछि बस्न लागेको पहिलो बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।

You might also like