अमेरिका र अफगानिस्तानबीच थप तनाव

काठमाडौं– अमेरिकाले अफगानिस्तानसँगको शान्तिवार्ता हुनु पूर्व नै रद्द गरेपछि यी दुई राष्ट्रबीच थप तनाव सिर्जना भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँगको शान्ति वार्ता हुन अघि नै रद्द गरेको घोषणा गरेका थिए । कावुलमा भएको हिंसामा अमेरिकी सैनिकको हत्या भएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्पले अन्तिम समयमा आन्ति वार्ता रद्द गरेका थिए ।

ट्रम्पको यस निर्णयसँगै तालिवानले अमेरिकालाई अझै बढि नोक्सान हुने बताएको छ । उसले अझ धेरै अमेरिकीको ज्यान जाने समेत चेतावनी दिएको छ ।

आइतवार एक बयान जारी गर्दै तालिवानले अमेरिकालाई सिधा चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । एजेन्सीका अनुसा, तालिवानका प्रवक्ता जबीहुल्ला मुजाहिदले जसरी ट्रम्पले हमलाको विरोध गरिरहेका छन् त्यसरी नै अमेरिकी सेनाले पनि अफगानिस्तानमा लगातार बम हानीरहेको बताएका छन् ।

तालिवानले अमेरिकालाई यो घटना भारी पर्ने समेत टिप्पणी गरेको छ ।

You might also like