गौरादह र बिर्तामोडमा अकस्मात बम बिष्फोट

गौरादह र बिर्तामोडमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ।
गौरादह वडा नं. ३ धोविनियाका इन्द्रबहादुर कट्वालको घरमा गाडी पार्किङ गरेर राखिएको अवस्थामा बम बिस्फोट भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । राती करिब १२:३० बजे ठुलो आवाज सहित बम बिस्फोट भएको स्थानीयहरुले बताएका छन् ।

यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
विष्फोटले नगरपालिकाकाको बा २ झ २५७० नम्बरको जिप पूर्ण रुपमा क्षति भएको छ।
कार्यालयभित्र समेत शंकास्पद बस्तु हुनसक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली झिकाएको छ। सो स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यस्तै, बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा आइतबार राति साढे ११ बजे बम विष्फोट भएको छ।
बिस्फोटबाट कुनै मानवीय क्षति नभएपनि गाडीको अगाडि पट्टीको भाग पुर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

You might also like