डेढ किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कतारबाट आउँदै गरेका एक जनाको साथबाट डेढ किलो सुन बरामद गरेको छ।

हिमालय एअरबाट आउँदै गरेका होमबहादुर गुरुङको साथबाट उक्त परिणामको सुन बरामद भएको प्रहरीले जनाएको छ।

‘उनको साथबाट १४०० ग्राम बराबरको सनु बरामद गरिएको छ,’ विमानस्थलमा खटिएका एसपी कृष्ण कोइरालाले भने।

गुरुङले करुवा शंकास्पद वस्तु लुकाएर ल्याएको भेटिएको र शंका लागेपछि प्रहरीले जाँच गर्दा उक्त सुन भेटिएको थियो। गुरुङलाई भन्सार विभागको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको एसपी कोइरालाले बताए।

You might also like