मिस टिन प्रदेश १ को उपाधी बिर्तामोडकी सौगात तिवारी लाई

बिर्तामोड । मिस टिन २०१९ प्रदेश न : १ को उपाधी झापा बिर्तामोडकी सौगात तिवारीले हात पारेकी छिन् । ड्म्सि वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको प्रतियोगिताको पाँचौ संशकरणको ताज सौगातले पहेरिएकी हुन् ।

१३ बर्षीया सौगात बिर्तामोडको कञ्चनजंघा इंग्लिस स्कुलमा कक्षा ८ मा अध्ययनरत छिन् । बिर्तामोडमा सम्मपन्न कार्यक्रममा २०१८ की मिस टिन रिचा ढकालले उनलाई ताज पहिराइदिएकी थिइन् ।

प्रतियोगिताको फ्रस्ट रनर अफ तेह्रथुमकी सितल गुरुंग र सेकेण्ड रनरअप मेचीनगरकी प्रजिता श्रेष्ठ बनेका छन् । बिजेताले नगद पुरस्कार सहित उच्च शिक्षाका लागि छात्रबृत्ती हात पारेका छन् ।

त्यस्तै लिटल मिस्टर एण्ड मिस बिर्तामोडको उपाधी आश्रेया बराल र युनिस अधिकारीले हात पारेका छन् । प्रतियोगिताको फ्रस्ट रनर अप अन्शु कोइराला र अनमोल लुइटेल तथा सेकेण्ड रनरअप सन्ध्या राजबंशी र सुजल कुमार गुप्ता बनेका छन् ।

You might also like