डिजेल र पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार दिउँसाे १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।निगमले हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

You might also like