बर्दिबासमा आयोजित नेकपाको नवगठित जिल्ला कमिटी सदस्यको सपथ ग्रहण कार्यक्रममा तनाव

महोत्तरी — तत्कालिन नेकपा माओवादी र एमालेबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी घोषण भएपछि प्रदेश २ को बारा र पर्सा बाहेकका ६ वटा जिल्लामा नव गठित जिल्ला कमिटिहरुको सपथ ग्रहण कार्यक्रममा विवाद भएको छ ।

पार्टीका शीर्ष नेताहरुबीच दुई पार्टीका जिल्लाका कार्यकर्ता र नेताहरुलाई मिलाएर नयाँ जिल्ला कमिटी गठन गर्ने सहमति भएअनुसार कमिटी गठन गरेर सपथ ग्रहण हुन लाग्दा असन्तुष्ट पक्षले हुलहुज्ज गरेर विरोध गरेका हुन्। बर्दिवासको सेवा समिति हलमा हुने सपथ ग्रहण कार्यक्रममा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी भएपछि असन्तुष्ट पक्षको तिव्र विरोध पछि उनीहरु आउने कार्यक्रम रद्द गरिएको छ।

विरोधका बीच सिराह र सप्तरीको नवगठित जिल्ला कमिटीलाई प्रदेश २ का अध्यक्ष प्रभु साहले सपथ ग्रहण गराउन खोजेपछि असन्तुष्ट पक्षले हल भित्रै प्रवेश गरेर तोडफोड समेत गरेका छन्। दुई समूहबीच भिडन्त हुने देखेपछि प्रहरीले हस्तक्षेप गरी असन्तुष्ट पक्षलाई हलबाट बाहिर निकालेको छ। सो क्रममा प्रहरीसँग पनि असन्तुष्ट नेकपा कार्यकर्ताको सामान्य मूठभेड भएको छ।

बर्दिवासका डिएसपी निसान थापाका अनुसार अहिले सेवा समितिको भवन बाहिर कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ। उनको अनुसार थप मुठभेड हुन नदिन प्रहरीले उच्च सतर्कता अप्नाएको छ।

You might also like