विप्लवका छोरा चितवनबाट पक्राउ

चितवन । नेत्र बिक्रम चन्द विप्लवका छोरा चितवनबाट पक्राउ परेका छन् । चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत प्रकाससहित केहि विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

आन्दोलनकारी बिधार्थी र प्रहरीविच झडप समेत भएको थियो सोहि क्रममा प्रकाशलाई प्रहरीले पक्राउ गरेको जनायएको छ । झडपमा केही विद्यार्थी घाइते भएका छन् ।

प्रकाश सहित पक्राउ परेका बिधार्थीलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । आन्दोलनकारी बिधार्थीहरु अस्पतालभित्रै प्रवेश गरी सेवामा अवरोध गर्न खोजेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

You might also like