जिग्री र पाँडेले सक्किगोनि’ टेलिश्रृंखला ल्याउने

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग्गिएको टिमले नयाँ टेलिश्रृंखला ल्याउने भएको छ ।
‘भद्रगोल’ नाम अरुले नै लिएपछि ‘भद्रगोल’को पुरानो समूहले नयाँ हास्य टेलिचलचित्र ‘सक्किगोनि’ ल्याउन लागेको हो ।
ज्योती काफ्ले र अशोक धितालको लेखन तथा निर्देशनमा मिडिया हबले नै ‘भद्रगोल’ ल्याएपछि पुरानो समूहले नयाँ टेलिचलचित्र ‘सक्किगोनि’ ल्याउन लागेको हो ।
भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको समूहले आफ्नै लगानीमा नयाँ टेलिश्रृंखला निर्माण गर्न लागेको हो ।
उनीहरुले स्थापना गरेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने छ । लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ ।
अहिले नयाँ हाँस्य टेलिचलचित्रको छायांकनमा रहेको ‘सक्किगोनि’ युनिटले असोज २ गतेबाट हरेक बिहीबरबाट प्रशारण हुने जनाएको छ ।

You might also like