कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ वडा कार्यालयमा आगजनी

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरकाअनुसार रातिको समयमा वडाअध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथ वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनी गरिएको स्थलमा विप्लव समूहको नेकपाको सातबुँदे मागसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशु चौपायाको व्यवस्थापन नगरिएकोर सडक पूर्वाधारलगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । आगजनी गर्ने समूहको प्रहरीले खोजी भइरहेको जनाएको छ । त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकानगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्लाफाँटा नगरपालिका-७ का वडाध्यक्ष समेत रहेका सिंहको बा२१च ८५०७नम्बरको कारमा आगजनी भएको हो । शुक्लाफाँटा नगरपालिका-५ वन समितिस्थित डेरामा पार्किङ्ग गरी राखिएको अवस्थामा बिहीबार राति करिब १ बजेतिर आगजनी गरिएको प्रवक्ता सिंहले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

You might also like