पहिरोले २ वटा जीप पुरिँदा १ जनाको ज्यान गयो , ६ जना घाइते

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका हेडबक्समा पहिरोले २ वटा जीप पुरिँदा १ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

पाल्पाबाट बुटवलका लागि छुटेको लु २ च ५९३८ नम्बरको जीप र बुटवलबाट पाल्पाका लागि छुटेको लु १ ज २६१७ नम्बरको जीपलाई पहिरोले पुर्दा लु १ ज २६ १७ नम्बरका जीपका चालक गुल्मी थापचौरका २६ वर्षीय कमल परियारको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको बुटवल अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पहिरो खसेपछि सद्धार्थराजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा गाडी चल्न सकेको छैन ।

You might also like