तिम्बुङ पोखरी क्षेत्र सीसी क्यामेराको निगरानी : अवैध जडिबुटी चोरी निकासी घट्यो

पाँचथर र ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तिम्बुङ पोखरी आसपासमा पाइने जडिबुटी सीसी क्यामेराको निगरानीमा राखिएको छ । छिमेकी राष्ट्र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई बहुमूल्य जडिबुटीको राजधानीको रुपमा लिइन्छ । यी क्षेत्रका जडिबुटीको चोरी, निकासी बढेपछि सीसी क्यामेरा जडान गरिएको हो ।

सीसी क्यामेरा जडान गरेपछि जडिबुटीको चोरी निकासीमा कमी आएको होमस्टे सञ्चालक खड्गबहादुर भण्डारीले बताउनुभयो । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गर्दै आएको हिमाली संरक्षण मञ्च ताप्लेजुङले सीसी क्यामेरा जडान गरेको हो ।

सीसी क्यामेरा जडानपछि चोरी, निकासीमा कमी आएको होमस्टे सञ्चालक भण्डारी भन्नुहुन्छ । यस क्षेत्रमा पदमचाल (केन्जो) सुनपाति, विखुमा, कुड्की, यार्सागुम्बा, पाँचऔले, पाखनवेद, माइकोपिला, लगायतका दुई सय बढी प्रकारका जडिबुटी पाइने स्थानीयहरु बताउँछन् । यस क्षेत्रका मुख्य पाँच स्थानमा सीसी क्यामेरा जडान गरिएको हिमाली संरक्षण मञ्च ताप्लेजुङले जनाएको छ ।

दुर्लभ रेडपाण्डाको निगरानीको लागि पनि समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम अन्र्तगत सीसी क्यामेरा जडान गरिएको हो । खुल्ला सीमाका कारण यसअघि यहाँबाट भारत र चीनतर्फ अवैधरुपमा जडिबुटी निकासी हुने गर्थ्याे ।

यस क्षेत्रमा हिमाली वन्यजन्तुसँगै विभिन्न प्रजातिका चौरी पनि पाइन्छ । र यहाँ पाइने महत्वपूर्ण जडिबुटीसँगै फलामखानी र सुनखानीको संरक्षण गर्नसके देशकै लागि ठूलो टेवा पुग्ने सरोकारवालाहरु बताउँछन् ।

You might also like