प्रधानमन्त्री ओलीद्वारा संघीय संसद भवनको शिलान्यास

काठमाडौँ — संघीय संसद्को आफ्नै भवन बन्ने निश्चित भएको छ ।

२०५५ सालदेखि नयाँ भवनको योजना बन्दै थन्किँदै गरेको थियो । सिंहदरबारको पुतली बगैंचामा बन्न लागेको संघीय संसद् (राष्ट्रिय र प्रतिनिधिसभा) भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

आफ्नै भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालदेखि भाडा तिरेर संसद् भवनका रूपमा प्रयोग गरिँदै आइएको छ । भाडामा बर्सेनि १५ करोड खर्च छ । सिंहरबारस्थित पुरानो संसद् भवन काम नलाग्ने अवस्थामा छ ।

You might also like