राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौँ । “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसम्मत स्वीकृत भएको छ ।

बिहीबारको संसद बैठकमा गृह मन्त्री रामबहादुर थापाले “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधयेक सर्वसम्मत स्वीकृत भएको हो ।

छलफलमा कुनैपनि सांसदले भाग नलिएपछि विधेयक सर्वसम्मत स्वीकृत भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेका थिए ।

You might also like