प्रधानमन्त्री ओलीसहित प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ – संसद्को वर्षे अधिवेशन बिहीबार अन्त्य हुँदैछ । बिहीबार बस्ने बैठकले साढे तीन महिनापछि वर्षे अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो साढे दुई बजेपछि संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

अधिवेशन सुरु र अन्त्य हुने दिन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्न संसदीय परम्परा छ ।

You might also like