मनोज गजुरेल प्रबल जनसेवा श्री सम्मानमार्फत सम्मानित

काठमाडौं- कलाकारितामार्फत देश र समाजलाई योगदान पुर्‍याएबापत सरकारले मनोज गजुरेललाई प्रबल जनसेवा श्री सम्मानमार्फत सम्मानित गर्ने भएको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोज गजुरेल चेतनारायण गुरागाईं जसमाया गुरुङ, टंक आचार्य, धर्मराज गुरुङलाई ‘प्रबल जनसेवा श्री’ प्रदान गरिने भएको हो ।

त्यस्तै संगीतकार नारायण ओली, अभिनेता निखिल उप्रेती, गीतकार तथा संगीतकार बसुन्धरा भुषाललाई पनि उक्त सम्मान प्रदान गरिने भएको छ ।

वरिष्ठ गायक बद्री पंगेनीलाई कीर्तिमय राष्ट्रदीप सम्मान प्रदान गरिने गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

You might also like