तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज शुक्रबार हुँदै, खेल प्रत्यक्ष हेर्न पाइने

तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम सिंगापुर गएको छ । टोली बुधबार राति १०ः१५ बजे सिंगापुर उडेको हो ।

यसअघि टोलीलाई बुधबार साँझ राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेश सिलवालले विदाई गरे । उनले खेलाडीलाई नतिजा निकाल्ने गरी प्रदर्शन गर्न सुझाब दिए ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने सिरिज शुक्रबारबाट सुरु हुँदैछ । सिरिजमा नेपाल, सिंगापुर र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेलमा शुक्रबार जिम्वाबेसँग खेल्नेछ । दोस्रो खेलमा शनिबार सिंगापुरसंग खेल्न्ेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।

शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । टोली पारस खड्काको कप्तानीमा सिंगापुर गएको हो । यसै प्रतियोगिताका लागि भन्दै सीपीएल क्रिकेट छाडेर सन्दीप लामिछाने सिंगापुर आइपुगेका छन् ।

त्रिकोणात्मक टी–२० क्रिकेट जिम्वाबे र सिंगापुर सँगको खेल प्रत्यक्ष हेर्न पाइने भएको छ। सिंगापुर क्रिकेट एसोसिएसनले आफ्नो अाधिकारिक फेसबुक पेजबाट खेलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको छ।

You might also like