देशैभर सर्पदंंसको जोखिम बढदै,

तराइलगायत देशभर सर्पदंशका बिरामी बढेको चिकित्सकहरुले बताएका छन् । दैनिक सर्पको टोकाइबाट दर्जनौँ बिरामी आउने शुक्रराज ट्रपिकल तथा सरुवा रोगको अस्पताल प्रशासनले जनाएको छ ।
मनसुनको सर्पदंशको जोखिम बढी हुने हुदाँ सचेत हुनुपर्ने डा. शेरबहादुर पुनले बताउँछन् । “यदि सर्पले टोक्ने वित्तिकै धेरै मानिसले कडासँग कपडा वा रबर बाधेर बिरामीलाई उपचारका लागि लग्ने गर्छन् । तर यस्तो गर्दा रगत आपूर्ति गरिरहेका अन्य कोषिका मर्छन् जसले गर्दा काम नलाग्ने भएर काटेर फाल्नुपर्ने अवस्था आउँछ,” उनले भने, “स्वास्थ्यसंस्था पु¥याउन ढिला गरेको अवस्थामा टोकेको ठाउँबाट रक्तश्राव भइ बिरामीको तत्काल मृत्यु पनि हुने हुँदा समयमा उपचारल लागि लैजानुपर्छ । ”
सर्पले टोक्दा मानिसमा मानसिक समस्या हुने, टोकेको ठाउँ सुन्निने, सास फर्न गाह्रो हुने, पसिना आउने तथा र्‍याल काड्ने आदि लक्ष्ण देखिने डा. पुन बताउँछन् ।
उनले भने “सामान्यतया बेलुका वा रातको समयमा हिँड्दा लाइट लिएर जुत्ता लगाएर, लठ्ठी लिएर हिँड्ने गर्नुपर्छ । तराईमा सुत्ने समयमा आफ्नो सुत्ने ओछ्यान राम्रोसँग ट्क्ट्काएर घरका कुनाकाप्चा राम्रोसँग हेरेर झ्याल–ढोका लागाएर मात्र सुत्नुपर्छ ।”
विभिन्न अध्ययनहरुले करिब ६० प्रतिशत महिला सर्पको टोकाइमा पर्ने गरेको देखाएको छ । महिला बढी सर्पको टोकाइमा पर्नुका कारण बढी मात्रामा घरभित्र र बाहिर सक्रिय रहने भएकाले टोकाइको दर बढेको बताइएको छ । महिनामा करिब ९० जनासम्म सर्पदंशका बिरामी भर्ना हुने अस्पताल प्रशासनले जनाएको छ ।

You might also like