‘आइ लभ यु’ भनेर मात्रै प्रेम दर्शाउन सकिन्छ ?

महिलाहरू तीनवटा जादुई शब्द आइ लभ यु सुन्न मन पराउँछन् तर रोमान्समा पुरुषहरूका लागि यो शब्दको उच्चारण अत्यन्त जरूरी हुँदैन । बोलेर दर्शाइने प्रेमभन्दा पनि व्यवहारले देखाउने प्रेममा उनीहरूको रुचि हुन्छ ।
पुरुषहरू अंगालोमा लुटपुटिएको मन पराउँछन् । तपाईंले प्रेमीलाई सुमसुम्याउँदा उनले विशेष तरिकाले छोएको थाहा पाउँछन् । यी उपाय अपनाउँदा तपाईं आफ्नो प्रेमी वा श्रीमानको मुहारमा मुस्कान दिन सक्नुुहुन्छ :
आफ्नो प्रेमीलाई पूर्ण ध्यान दिनुस् र ऊ नै तपाईंको प्राथमिकता हो भन्ने देखाउँछन् । सँगै समय बिताउँदा कुनै बाधा व्यवधान आउन नदिनुस् । तपाईं प्रेमीसँग हुँदा फोनमा खेल्ने काम नगर्नुस् । ऊसँग सिधै आँखा जुधाउनुस्, हात समात्नुस् र पूरै समय छुट्याउनुस् ।
पुरुषको मुटुमा पुग्ने सबभन्दा सजिलो बाटो उसको पेट भएर जान्छ । त्यसैले कुनै विशेष अवसर नकुरी उसलाई मन पर्ने खाना पकाएर खुवाउनुस् । मीठो खाना खुवाउँदा उसलाई केयर गरेको देखिन्छ ।
उसलाई मन पर्ने लुगा लगाउँदा पनि ऊ प्रसन्न हुन्छ । तपाईंले उनीप्रति इच्छा राख्नुहुन्छ, उसले मन पराएको कुरालाई महत्व दिनुुहुन्छ र राम्री देखिनुुहुन्छ भन्ने सन्देश दिन्छ ।
उसलाई साँचो प्रशंसा गर्नुस् । उसले लगाएको लुगा, बोलीचालीको ढंग वा कामको प्रशंसा गर्दा किन तपाईंले अरू केटालाई नचुनेर उसलाई छान्नुभयो भन्ने देखाउँछ र उसलाई दंग बनाउँछ ।
तपाईंले भोगिरहेको समस्यामा उसको सल्लाह र सहायता माग्नुस् । यसले तपाईं उसको विचारलाई महत्व दिनुहुन्छ भन्ने देखाउँछ र उसलाई सक्षम तथा उपयोगी महसूस गराउँछ ।
राम्रो श्रोता भइदिनुस् । पुरुषहरूले आफ्ना तनाव र समस्या सुनाउन चाहिरहेका हुन्छन् । त्यसैले ध्यान दिएर कुरा सुन्नु उपयुक्त हुन्छ । यसले तपाईं उसलाई ध्यान दिनुहुन्छ भन्ने देखाउँछ ।
सधैं एउटै समयमा सेक्स गर्नुभन्दा कहिलेकाहीँ यसो फटाफट सेक्स गर्नुस् । एक घन्टा लगाएर रोमान्स, फोरप्ले र सेक्स गर्न सधैं सम्भव हुँदैन । त्यसैले कहिलेकाहीँ फटाफट र सरल सेक्स गर्नुस् ।
श्रीमानलाई जागिरमा निस्कनुअघि मजाले अंगालो मार्नुस् । हतारहतार अंगालो हाल्नुभन्दा केही सेकेन्डसम्म अंगालिनु उपयुक्त हुन्छ । यसले तपाईं दुवैलाई सकारात्मक ऊर्जा दिन्छ । द टाइम्स अफ इन्डिया

You might also like