सभापति देउवा पार्टीको १४औं महाधिवेशनबारे छलफल गर्न तयार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउँदो फागुनमा हुनुपर्ने पार्टीको १४औ महाधिवेशनबारे छलफल गर्न तयार भएका छन् ।
देउवा महाधिवेशनबारे छलफल गर्न तयार नहुँदा आइतबार दिउँसो २ बजे बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बेलुका ७ बजे मात्र बसेको छ ।
विधानअनुसार प्रत्येक चार/चार वर्षमा हुने महाधिवेशन २०७६ फागुनमा हुनुपर्ने भए पनि सभापाति देउवाले डेढ वर्ष कार्यकाल लम्ब्याउने घोषणा गरेपछि उनी इतिरका नेताहरु रुष्ट बनेका थिए ।
देउवाले २०७६ फागुनमा संभवन नभए थपिएको अर्को एक वर्षभित्र महाधिवेशन गराउन कार्यतालिका केन्द्रीय समितिमा पेश गर्नुपर्ने अडान वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले राखेपछि औपचारिक बैठक रोकेर नेताहरु दिनभर पार्टी कार्यालय सानेपामै विभिन्न चरणमा छलफल गरेका थिए ।
कांग्रेस विधानअनुसार चार वर्षमा महाधिवेशन नभए विशेष पस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था छ भने राजनीतिक दल सम्बन्धी ऐनले पाँच वर्षभित्र महाधिवेशन गर्न नसके विशेष परिस्थितमा थप ६ महिनाभित्र गर्नुपर्ने व्यवस्था गरेको छ ।
देउवाले दुवै समय कटाउन खोजेपछि पौडेल र सिटौला समूह सशकिंत बनेका हुन् । पौडेल निकट मानिने केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सभापति देउवा महाधिवेशनबारे छलफल गर्न तयार भएको जानकारी दिए ।
सभापति देउवा महाविधेशनबारे छलफल गर्न तयार भएपछि आइतबार केहीबेर मात्र बसेर बैठक २७ गतेसम्मका लागि सरेको अर्को केन्द्रीय सदस्य अहतरकमाल मुसलमानले जानकारी दिए । बैठकमा सभापति देउवाले छलफलका लागि १४ वटा एजेण्डा पेश गरेका छन् ।

यी हुन् देउवा बैठकमा पेश गरेका छलफलका एजेण्डाहरु
१ नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको “नेपाली कांग्रेसको नियमावली, २०७६” समितिका संयोजक केन्द्रीय सदस्य श्री रमेश लेखकद्वारा प्रस्तुत गरिने ।
२ पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा ।
३ विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्वन्धमा ।
४ २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को एकिकृत प्रतिवेदन प्रस्तुत गरिने ।
५ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने । ६ केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।
७ नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने ।
८ भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा ।
९ पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा ।
१० जनसम्पर्क समितिका सम्बन्धमा ।
११ स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा ।
१२ तनहु जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्वन्धमा ।
१३ देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ ।
१४ विविध

You might also like