बालिकालाई बलि दिन लाग्दा प्रहरीद्धारा परिवारलाई पक्राउ

भारतमा तीन वर्षकी एक बालिकालाई उनकै आफन्तले बलि दिन लाग्दा परिवारलाई प्रहरीले पक्राउ गरेको छ ।
उदलगुरी जिल्लाको गणकपारा गाउँमा शनिवार यो डरलाग्दो घटना भएको हो । जादब शहरिया नामक विज्ञान शिक्षकको घरबाट धूवाँ पुत्पुताएपछि गाउँलेहरूले शंका गरी प्रहरीलाई खबर गरेका थिए ।
ती शिक्षकले आफ्ना परिवारका सदस्यहरूसँगै कपडा खोलेर तीन वर्षीया बालिकालाई वेदीमा चढाएको बताइएको छ । लामो तरवार लिएका एक पुजारीले बलिको विधि पूरा गर्न खोजेका थिए । पुजारीले बालिकाको टाउको छिनाउन खोजेका थिए ।
गाउँलेहरू यो रक्तपात रोक्नका लागि परिवारलाई गरेको अनुनय खेर गएको थियो । गाउँलेहरूले अनुननयले पुजारी क्रोधित बनेका थिए । उनले बलि रोक्न खोज्ने गाउँलेहरूलाई बन्चरो र तरवार देखाएर तर्साएका थिए ।
मिडियाकर्मी र प्रहरी घटनास्थलमा पुगेपछि परिवार भड्किएर पत्थर तथा भाँडाकुँडा मिल्काएको थियो अनि आफ्नै सामानहरूमा आगो लगाएको थियो ।
प्रहरीले बलि रोक्न सबै उपाय लगाएपनि असफल भएपछि बाध्य भएर हावामा गोली चलाएको थियो । प्रहरी अधिकृतहरूले बालिकालाई परिवार र तरवार उज्याउने पुजारीबाट बल्लबल्ल छुटाएका थिए ।
ती बालिका विज्ञान शिक्षककी बुहारीकी छोरी थिइन् । उनलाई उनकै बुवाले जानाजान विज्ञान शिक्षकलाई सुम्पेका थिए । उनी मारिएको दृश्य हेर्न उनकै आमा पनि उपस्थित थिइन् ।

You might also like