प्रस्तावित राजदूतको सुनुवाई आज

संसदीय सुनुवाई विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाई आज अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको छ ।
समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत डा. बंशीधर मिश्रको सुनुवाई गरिएपछि बैठक अपरान्हसम्मका लागि स्थगित गरिएको हो ।

अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्धाज र स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पाको पनि सुनुवाई गर्नुपर्ने भएकाले बैठक केहीबेरका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत मिश्रले आफूले बंगलादेशको कनेक्टिभीटीलाई जोड दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नेपाललाई समृद्ध बनाउने गरी लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन गर्न भारतसँग कुरा गरेर बंगलादेशसँग सोझै सम्बन्ध कायम गर्न कूटनीतिक पहल गर्ने आफ्नो योजना सुनाए ।
गत जेठ २३ गते सरकारले बंगलादेश, कतार, अष्ट्रेलिया र स्पेनका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय समितिबाट स्वीकृत भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

You might also like