यी हुन भोजपुरमा विप्लवको गोलीबाट मारिएका घुमुवा प्रहरी

भोजपुर । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूहको गोली लागेर घुमुवा प्रहरीको मृत्यु भएको छ । विप्लव र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । अर्का एक प्रहरी सोम भट्टराई घाइते भएका छन् ।

विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना हो । भोजपुरमा केहि समय देखि विप्लव माओवादीको क्रियाकलाप समेत बढेको छ ।

खोटाङ्ग जिल्ला घर भएका सन्जीव घुमुवा प्रहरी हुन् भने निरकुमार विप्लव समूहका भोजपुर इञ्चार्ज हुन् ।

घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

अहिले भोजपुर तथा आसपासको जिल्लाहरुमा समेत सुरक्षा ब्यवस्था कडा बनाईएको १ नम्बर प्रदेश कार्यलय विराटनगरले जनाएको छ ।

You might also like