“कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँ दुइसंग ?” : प्रवक्ता शर्मा

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भोजपुर घटनामा दुख व्यक्त गरेका छन् ।

यसअघी पटक-पटक वार्ताको मध्यमबाट विप्लव नेकपाको माग सम्बोधन गर्न आग्रह गरेका कांग्रेस नेता शर्माले भोजपुरमा नेपाल प्रहरी र विप्लव कार्यकर्ता मारिएपछि आक्रोश व्यक्त गरेका हुन् ।

बुधबार बिहान भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएपछि कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिवन्धित नेकपाका महासचिव विप्लवलाई कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँ दुइसँग? भनि प्रश्न गरेका छन् ।

बुधबार बिहान नै उनले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन् :”हामी जिवनको खबर खोज्दैछौं… @pm_nepal तपाईं र विप्लव मृत्युको समाचार बांडिरहनु भएको छ ! सन्जिव र निरकुमार दुवै राई´भाई करोडपती आमाबाबुका छोरा थिएनन् l एक प्रहरी,अर्का विद्रोही युवा,आज यि´संगै यिनको परिवारको सपना मारिएको छ ! कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँ दुइसंग ?”

You might also like