एसिया छनोटको पहिलो खेल नेपालले कतारसँग खेल्दै, भिडियो सहित

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटको पहिलो खेल नेपाली राष्ट्रिय क्रिकेट टोली कतारसँग खेल्दैछ । विजेतासहित यूएईमा हुने ग्लोबल क्वालिफायरको लक्ष्यमा रहेको नेपाल विजय सुरुआत गर्ने योजनासहित कतारसँग खेल्न लागेको हो । सिंगापुरस्थित इन्डियन एशोसिसन ग्राउन्डमा खेल जारी रहेको छ । तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ ।

कतार हिजो घरेलु टोली सिंगापुरविरुद्ध ३३ रनले पराजित भएसँगै कमजोर मनोबलमा छ । नेपाल त्यसको फाइदा उठाउने लक्ष्यमा छ ।

You might also like