विश्वकप छनौट: नेपालको खराब सुरुवात, कतारसँग पराजित

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेल अन्तर्गत नेपालले खराब सुरुवात गरेको छ ।

आज भएको कतारविरुद्धको खेल नेपालले ४ विकेटले गुमाएको छ ।

नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाएका थिए । इनामले ३२ बलमा आफ्नो ४१ रन बनाएका थिए । त्यस्तै कमरान खानले २२ रन बनाए भने जाहिर इब्राहिमले १२ तथा मुहमद तनवीरले ११ रन बनाएका थिए । त्यस्तै नोमान सरवारले १५ र मुहमद रिजलानले ९ रन बनाएका थिए ।

नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए पनि उनी महँगो साबित भएका थिए । सन्दीपले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले ४ ओभरमा १८ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै बसन्त रेग्मीले आफ्नो ४ ओभरमा विकेट नलिए पनि केवल १४ रन दिएका थिए । त्यस्तै अविनाश बोहोराले ४ ओभरमा २० रन दिएका थिए ।

यस अघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा अल आउट हुदै १२२ रन मात्र बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाएका थिए । त्यस्तै कप्तान पारस खड्काले १७ बलमा २८ रन बनाएका थिए भने ज्ञानेन्द्र मल्लले २४ बलमा २३ रन बनाएर आउट भएका थिए । त्यस्तै शरद भेस्वाकर १३ बल खेलेर ७ रन बनाउदै आउट भएका थिए ।

त्यस्तै सोमपाल कामीले ११ रन बनाए भने विनोद भण्डारीले ३ रन बनाएका थिए । त्यस्तै करण केसीले ४ र सन्दीप लामिछानेले ५ बलमा ९ रन बनाएर आउट भएका थिए । त्यस्तै बसन्त रेग्मीले एक रन बनाए भने अविनाश बोहोरा र ललित राजबंशीले शुन्य मै रहे ।

त्यस्तै कतारका बलर इकवाल हुसैनले सर्वाधिक ३ विकेट लिए भने तमूर सैजाद र नुमान सरवरले २-२ विकेट लिए भने इनाम उल हकले एक विकेट लिएका थिए ।

यस प्रतियोगितामा सिंगापुर र मलेसियाले आफ्नो पहिलो खेल जितेका छन् । भने कतार र कुवेतले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्दै छ भने जुलाई २८ मा सिंगापुरसँग खेल्ने छ ।

You might also like