आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड

आज साउन महिनाको अन्तिम सोमबार । देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको थियो । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गरेका छन ।
साउन महिनाको सोमबार विशेस शिवको पुजा गर्ने गरिन्छ । विवाहित महिलाहरुले आफ्ना पतिको दिर्घायु र अविवाहित महिलाहरुले सुयोग्य वर प्राप्ती होस भनी शिवको पुजा आरधाना गर्ने गर्दछन ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी,पुर्वको पशुपति भनेर चिनिने अर्जुनधारा, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

झापाको अर्जुनधारा जलेश्वरधाममा पनि बिहानैदेखी शिवको पुर्जा गर्न भक्तजनहरुको भिड लागेको थियो । बिहानैदेखी व्रताल् महिलाहरु शिवको पुजा आरधना गर्न मन्दिर पुगेका थिए ।

You might also like