लामिछाने सहित ३ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं, । न्युज २४का प्रस्तोता रवि लामिछाने सहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

न्युज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयलाइ अनुमति दिएको हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ तीनै जनालाई राजधानीबाट पक्राउ गरी चितवन लगेको थियो ।

उनीहरुलाई पुडासैनी आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।आज तीनै जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

You might also like